मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमसीसी २० वर्षपछि राष्ट्रिय आम्दानीको गतिलो स्रोत हुन्छ : महामन्त्री शर्मा

एमसीसी २० वर्षपछि राष्ट्रिय आम्दानीको गतिलो स्रोत हुन्छ : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमसीसीबारे नबुझी विरोधमा नउत्रिन आग्रह गरेका छन्।
 |  आइतबार, फागुन ८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ८, २०७८

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमसीसीबारे नबुझी विरोधमा नउत्रिन आग्रह गरेका छन्।

झापाको विर्तामोडमा सिके प्रसाईंको २८औँ स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले सरकारमा हुँदा होस् वा नहुँदा पनि एमसीसीबारे स्पस्ट धारणा राख्दै आएको बताए।

एमसीसीलाई अहिले राष्ट्रघातको रूपमा हेरिए पनि २० वर्षपछि राष्ट्रिय आम्दानीको दर्विलो स्रोत हुने दाबी गर्दै शर्माले भने, ‘एमसीसीको सहयोगबाट बिजुली उत्पादन र ट्रान्समिसन लाइन बन्ने हो। ट्रान्समिसन लाइनबाट भारतलाई बिजुली बेच्ने हो। तसर्थ भारतको समर्थन खोजिएको हो।’

उनले नेपाल चीन र अमेरिका कुनै पनि राष्ट्रको पक्षमा नउभिने स्पष्ट पार्दै सबै देशको लगानीलाई स्वागत गर्ने बताए। उनले सैन्य रणनीति बाहेकका सबै मुलुकको सहयोग स्वीकार गर्ने स्पष्ट पारे।

शर्माले भने, ‘बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा निवेदन हालेर एमसीसीको प्रक्रिया अघि बढेको हो। प्रक्रिया अघि बढाउँदा भीम रावल र नारायणकाजी श्रेष्ठ पनि सरकारमा हुनुहुन्थ्यो। अहिले त्यसको विरोध किन? रावल र श्रेष्ठलाई म चुनौती दिन चाहन्छु, तपाईंहरू सरकारमा हुँदा प्रक्रिया अघि नबढेको भए म पद त्याग्न तयार छु। तपाईंहरू तयार हुनुहुन्छ?

प्रकाशित: Feb 20, 2022| 18:18 आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...