बुधबार, साउन ६, २०८३

बेलायती महारानीलाई कोरोना संक्रमण

बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई कोरोना संक्रमण भएको छ।
 |  आइतबार, फागुन ८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ८, २०७८

काठमाडौं– बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई कोरोना संक्रमण भएको छ। बकिङ्घम प्यालेसले आज विज्ञप्ति जारी गर्दै महारानीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ।

९५ वर्षीया महारानीलाई सामान्य रुघाखोकी जस्ता लक्षण देखिएको र उनले आराम गरिरहेको विज्ञप्तिमा उल्लेख छ। ‘उहाँले निरन्तर मेडिकल सेवा लिनु हुनेछ र आवश्यक सबै स्वास्थ्य मापदण्ड पालना गर्नु हुनेछ,’ दरबारको विज्ञप्ति उद्धृत गर्दै बीबीसीले भनेको छ।

गत साता बेलायतका राजकुमार चार्ल्सलाई पनि कोरोना संक्रमण भएको थियो।

प्रकाशित: Feb 20, 2022| 18:12 आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।