बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमसीसी विरोधीहरुका कारण प्रभावित नयाँ बानेश्‍वर सडक खुल्यो

एमसीसी विरोधीहरुका कारण प्रभावित नयाँ बानेश्‍वर सडक खुल्यो

अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा भएको प्रदर्शनका कारण दिनभरजसो अस्तव्यस्त बनेको नयाँ बानेश्वर क्षेत्रको सडक केहीबेर अघि खुलेको छ।
 |  आइतबार, फागुन ८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ८, २०७८

काठमाडौं- अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा भएको प्रदर्शनका कारण दिनभरजसो अस्तव्यस्त बनेको नयाँ बानेश्वर क्षेत्रको सडक केहीबेर अघि खुलेको छ। 

National life

प्रभावित सडक खुलेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जिव शर्मा दासले प्रभावित नयाँ बानेश्वर क्षेत्रको सडक खुलेकाले यातायात सामान्य रुपमा सञ्चालन भइरहेको जानकारी दिए। बिजुली बजारदेखि बानेश्वर हुँदै तीनकुने पुलसम्म प्रदर्शनकारीको अवरोधले कामकाजी सर्वसाधरणले शास्ती बेहोर्नुपरेको थियो।

सडक प्रभावित हुँदा विद्यालका विद्यार्थी, कर्मचारी तथा अत्यावश्यक कामले आवतजावत गर्ने जनसाधरणले सहज रुपमा यात्रा गर्न पाएनन्। माइतीघरदेखि तिनकुनेसम्मको सडक अवरोध भएपछि बागमती करिडोर र चक्रपथको बाटो भएर सवारी साधनको अत्याधिक चाप थियो। 

नयाँ बानेश्वरस्थित संसद् भवनको दक्षिण गेट अगाडिपट्टिको सडकमा एमसिसीको विरोधमा प्रदर्शन गरिएपछि उक्त क्षेत्रको यातायात आवागमन दिनभरजसो अस्तव्यस्त भएको थियो। 

प्रदर्शनकारी र प्रहरीबीच दोहोरो झडपसमेत भएको र दुवैतर्फ केही घाइतेसमेत भएको जनाइएको छ। दिउँसो सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै माइतीघर–तीनकुने सडकखण्डमा सवारी आवतजावतमा रोक लगाइएको थियो।

Shivam cement

प्रकाशित: Feb 20, 2022| 19:48 आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।