बुधबार, असोज १४, २०८३

एमसीसी टेबुल भएकोमा उद्योग परिसंघको स्वागत

सरकारले एमसीसी सम्झौता संसद्मा टेबुल गरेकोमा नेपाल उद्योग परिसंघले स्वागत गरेको छ।
 |  आइतबार, फागुन ८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ८, २०७८

काठमाडौं– सरकारले एमसीसी सम्झौता संसद्मा टेबुल गरेकोमा नेपाल उद्योग परिसंघले स्वागत गरेको छ। परिसंघले आज विज्ञप्ति जारी गर्दै एमसीसी सम्झौता अनुमोदन भई कार्यान्वयनमा जाने र देशले आर्थिक लाभ हासिल गर्नेमा विश्वास पनि व्यक्त गरेको छ।

साथै देशको आर्थिक विकासमा रणनीतिक महत्त्व दिने विद्युत् र सडक क्षेत्रको विकासका लागि यो सम्झौता महत्त्वपूर्ण रहेको परिसंघले बताएको छ। लामो छलफल र तयारीपछि नेपालले प्रस्ताव गरेका आयोजनाको कार्यान्वयन दिगो आर्थिक विकासका आधार हुन सक्ने, दिगो विकासका लक्ष्य हासिल गर्न र कोभिडपछिको आर्थिक पुनरुत्थानका लागि ठूलो लगानी चाहिने भएकाले एमसीसी जस्ता सहयोग परियोजना आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ।

आयोजना कार्यान्वयन सुरु भएको मितिले पाँच वर्षभित्रमा निर्माण सम्पन्न गरिसक्नुपर्ने प्रावधानका कारण नेपालमा विकास व्यवस्थापनको नमुना समेत एमसीसी परियोजनाले प्रस्तुत गर्ने परिसंघले विश्वास व्यक्त गरेको छ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता प्रस्तुत गरेका थिए। 

प्रकाशित: Feb 20, 2022| 18:07 आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्