मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमसीसीविरुद्धको प्रदर्शन : १३ सुरक्षाकर्मी घाइते, १० जना आन्दोलनकारी पक्राउ

एमसीसीविरुद्धको प्रदर्शन : १३ सुरक्षाकर्मी घाइते, १० जना आन्दोलनकारी पक्राउ

एमसीसीविरुद्ध नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शनमा उत्रिएका मध्ये प्रहरीले १० जनालाई पक्राउ गरेको छ।
 |  आइतबार, फागुन ८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ८, २०७८

काठमाडौं– एमसीसीविरुद्ध नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शनमा उत्रिएका मध्ये प्रहरीले १० जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीका प्रवक्ता विष्णकुमार केसीका अनुसार प्रदर्शनका क्रममा अराजक गतिविधि गर्नेलाई पक्राउ गरिएको हो। 

भीड नियन्त्रण गर्ने क्रममा १३ जना सुरक्षाकर्मी घाइते भएको जानकारी उनले दिए। घाइतेको अवस्था सामान्य छ। प्रहरीसँगको झडपका क्रममा केही प्रदर्शनकारी पनि घाइते भएका छन्। घाइते हुनेमा अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह पनि छन्।

आज संसद्मा एमसीसी प्रस्तुत हुने भएपछि बिहानैदेखि नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन सुरु भएको थियो। दिउँसो प्रदर्शनकारीहरु संसद् भवनतिर अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको थियो। भीड नियन्त्रण गर्ने क्रममा प्रहरीले अश्रु ग्यास, पानीको फोहरा र रबरको गोलीसमेत प्रयोग गरेको थियो। 

माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा साँझसम्म प्रदर्शन जारी छ। प्रदर्शनकारीले प्रहरीको बा १ झ ७८८८ नम्बरको गाडीसमेत तोडफोड गरेका छन्।

प्रकाशित: Feb 20, 2022| 18:33 आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...