मंगलबार, भदौ २, २०८३

संसद्‍मा बुहारीको नाराबाजी, ससुरा चुप

नाताले ससुराबुहारी र एउटै पार्टीका सांसद उनीहरूले बैठकमा दोहोरो चरित्र देखाएका थिए।
 |  आइतबार, फागुन ८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ८, २०७८

काठमाडौं- आइतबार बसेको संसद बैठकमा एमसीसी टेबल भए पनि बैठक हलमा रोचक दृश्य देखिए।  

अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता पेस गर्दैगर्दा बैठक भवनभित्र केही सांसदहरुले विरोध गर्दै नाराबाजी गरे भने केही सांसदहरुले समर्थन जनाउँदै चुपचाप आफ्नो सिटमै बसिरहे। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र बुहारी बिना मगरको पनि रोचक दृश्य थियो। हलको अगाडि रहेको सिटमा प्रचण्ड गठबन्धनकै सहमति अनुसार समर्थन गर्न चुपचाप बसिरहेका थिए। 

उनकी बुहारी बिना मगर भने विरोधस्वरुप चर्को आवाज निकालेर नाराबाजी गरिरहेकी थिइन्। नाताले ससुराबुहारी र एउटै पार्टीका सांसद उनीहरूले बैठकमा दोहोरो चरित्र देखाएका थिए। 

प्रकाशित: Feb 20, 2022| 16:23 आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...