शनिबार, मंसिर १३, २०८२

पोखरामा भीषण असिनापानी [फोटो फिचर]

आइतबार पोखरामा भीषण असिनापानी परेको छ। असिनापानीले पोखराको सडक अवरुद्ध भएको थियो।
 |  आइतबार, फागुन ८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ८, २०७८

काठमाडौं- आइतबार पोखरामा भीषण असिनापानी परेको छ। असिनापानीले पोखराको सडक अवरुद्ध भएको थियो। 

National life

पोखराको न्यूरोड, चिप्लेढुंगा, बगर, अमंरसिह चेकको भागमा असिनाले ढपक्कै छोपेको थियो। गुडिरहेका बसहरु रोकिएका थिए, बाटो हिँडिरहेका मान्छेहरु ओत बसेका थिए। सडकमा व्यापार गरेर बसेका मानिसहरु बिचल्लीमा परेका छन्। बिहानैदेखि मौसम अध्यारो भएपनि यति धेरै असिनापानी आउने आकलन नभएकाले पोखराका बजार क्षेत्र अवरुद्ध भएको हो। असिनाले जनजीवन साथै व्यापार व्यवसाय प्रभावित भएको छ।

बाटोमा असिनाका थुप्रोले गर्दा यातायातका साधन चिप्लिने डर भएपछि प्रहरी र ट्राफिक प्रहरीले यातायातलाई व्यवस्थित गरी रोकिएको छ। अचानक परेको असिनापानीका कारण थुपै सवारी साधन बाटोमै रोकिएका थिए। त्यस क्षेत्रमा चार इन्चदेखि एक फुटसम्म असिना जमेको थियो। 

यसरी असिना परेको पहिलो पटक आफूले अनुभव गरको स्थानीय थम्मन ठकुरीले बताए। असिनापानीले त्यस क्षेत्रका कृषकको तरकारी, आलु, फलफुल, तोरी, गहुँ लगायतको अन्नबालीमा क्षति पुगेको छ। असिना पानीले अवरुद्ध मानिसहरु बाटोमै अलपत्र परेका थिए।

पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले महानगरका विभिन्न क्षेत्रमा व्यापक असिना परेको जानकारी आएको बताए। बेमौसमी तरकारीमा असिनापानीले क्षति पुर्‍याएको बताए। 

Laxmi sunrise bank
kumari

‘पोखराको हेम्जा र मालेपाटन लगायतका विभिन्न तरकारी खेती हुने क्षेत्रमा हसिनाले क्षति पुर्‍याएको छ। फिल्डमा पुगेर नहेरी र किसानसँग जानकारी नदिई यति नै क्षति भयो भन्न सकिन्न। तर, ठूलो क्षति पुर्‍याएको छ,' उनको भनाइ छ। 

जमिनमा केको खेती थियो भन्ने नै नदेखिने गरी असिनाको परेको थियो। असिनाका कारण चारपांग्रे सवारी साधनसमेत चल्न नसक्ने अवस्था आएको थियो।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पोखरालगायत देशका विभिन्न भूभागमा पानीसहित असिना परिरहेको मौसमविद्हरुले बताएका छन्। अबका एक–दुई दिन देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित: Feb 20, 2022| 19:32 आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।