बिहीबार, असार ४, २०८३

बानेश्वर–माइतीघर क्षेत्रमा दिनभर तनाव [तस्बिरहरू]

एमसीसीविरुद्ध आइतबार दिनभर नयाँ बानेश्वर–माइतीघर क्षेत्रमा प्रदर्शन भएको छ।
 |  आइतबार, फागुन ८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ८, २०७८

काठमाडौं– एमसीसीविरुद्ध आइतबार दिनभर नयाँ बानेश्वर–माइतीघर क्षेत्रमा प्रदर्शन भएको छ।

National life

प्रदर्शनमा उत्रिएका मध्ये प्रहरीले १० जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीका प्रवक्ता विष्णकुमार केसीका अनुसार प्रदर्शनका क्रममा अराजक गतिविधि गर्नेलाई पक्राउ गरिएको हो। 

भीड नियन्त्रण गर्ने क्रममा १३ जना सुरक्षाकर्मी घाइते भएको जानकारी उनले दिए। घाइतेको अवस्था सामान्य छ। प्रहरीसँगको झडपका क्रममा केही प्रदर्शनकारी पनि घाइते भएका छन्। घाइते हुनेमा अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह पनि छन्।

आज संसद्मा एमसीसी प्रस्तुत हुने भएपछि बिहानैदेखि नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन सुरु भएको थियो। दिउँसो प्रदर्शनकारीहरु संसद् भवनतिर अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको थियो। भीड नियन्त्रण गर्ने क्रममा प्रहरीले अश्रु ग्यास, पानीको फोहरा र रबरको गोलीसमेत प्रयोग गरेको थियो। 

Shivam cement




















प्रकाशित: Feb 20, 2022| 18:53 आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।