काठमाडौं- राप्रपा नेपालले चुनाव चिह्नका रूपमा 'गाई' कायम गरिदिन माग गर्ने निर्णय गरेको छ। राप्रपा नेपालको केन्द्रीय समितिले यस्तो निर्णय गरेको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्षमा पराजित भएपछि कमल थापा राप्रपा नेपालमा समाहित भएका थिए। उक्त दलले थापालाई नै अध्यक्ष बनाएको थियो। राप्रपासँग एकीकरण गरेका थापा त्यसअघि राप्रपा नेपालमा नै थिए। त्यसबेला राप्रपा नेपालको चुनाव चिह्न गाई थियो।
‘राप्रपा नेपाल केन्द्रीय समितिले निर्वाचन आयोगसमक्ष पार्टीको चुनाव चिह्न ‘गाई’ माग्ने निर्णय गरेको छ,’ थापाले भने।