मंगलबार, भदौ २, २०८३

एमसीसीविरुद्धको प्रदर्शनमा प्रहरीको गाडी तोडफोड

एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारीले महानगरीय प्रहरीको गाडी तोडफोड गरेका छन्।
 |  आइतबार, फागुन ८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ८, २०७८

काठमाडौं– एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारीले महानगरीय प्रहरीको गाडी तोडफोड गरेका छन्।

प्रदर्शनकारीले बिजुलीबजारमा प्रहरीको बा १ झ ७८८८ नम्बरको गाडी तोडफोड गरेका हुन्। प्रहरीले तोडफोडमा संलग्न केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।

आज बिहानैदेखि प्रदर्शन सुरु गरेका आन्दोलनकारीले अपराह्न प्रदर्शन चर्काएका थिए। आन्दोलनकारी उग्र बन्दै गएपछि प्रहरीले पानीको फोहरा, अश्रु ग्यास र रबरको गोलीसमेत प्रहार गरेको थियो।  

प्रकाशित: Feb 20, 2022| 17:53 आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...