मंगलबार, भदौ २, २०८३

एमसीसीको विरोध गर्ने अखिल क्रान्तिकारीका दर्जन कार्यकर्ता घाइते

प्रहरीको बल प्रयोगबाट अखिल क्रान्तिकारीका करिब एक दर्जन नेता/कार्यकर्ता घाइते भएका छन्। घाइते हुनेमा नेताहरू केशव रावल, समीर लुईटेल, क्षितिज सापकोटा, विमल पौडेल, पुरुषोत्तम यादवलगायत छन्।
 |  आइतबार, फागुन ८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ८, २०७८

काठमाडौं- संसद्‍मा एमसीसी टेबल भइरहँदा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी माओवादी निकट अखिल क्रान्तिकारीलगायतले भने संसद् भवनबाहिर विरोध प्रदर्शन गरिरहेका थिए। 

उक्त विरोध प्रदर्शनमा प्रहरीले बलसमेत प्रयोग गरेको थियो। 

प्रहरीको बल प्रयोगबाट अखिल क्रान्तिकारीका करिब एक दर्जन नेता/कार्यकर्ता घाइते भएका छन्। घाइते हुनेमा नेताहरू केशव रावल, समीर लुईटेल, क्षितिज सापकोटा, विमल पौडेल, पुरुषोत्तम यादवलगायत छन्। 

एमसीसी सम्झौता संसद्‍मा टेबल भइसकेको छ। माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले भने एमसीसी यथास्थितिमा पारित गर्न नहुने अडान राख्दै आएका छन्। 

प्रकाशित: Feb 20, 2022| 15:47 आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...