असार नलाग्दै धान रोपाइँको चटारो बढेको छ। सिँचाइ सुविधा पुगेको ठाउँमा किसानले धान रोपाइँ गरिरहेका छन्। र, आकासे पानीको भरमा रोपाइँ गर्ने किसानहरूले पनि पानी पर्दा रोपाइँ गरिरहेका छन्।
दाङको तुलसीपुरमा २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ। बलात्कार आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न दुई जना अझै फरार रहेको प्रहरीले जनाएको छ।
शनिबार बिहान पौने ४ बजेतिर वर्षासँगै परेको चट्याङको चर्को आवाजले जिल्लाको उदयपुरगढी गाउँपालिका-४ डुम्रेका १४ वर्षीय इन्द्रबहादुर थापा मगर बेहोस भएका हुन्।