बुटवल- जिल्ला समन्वय समिति रूपन्देहीको निर्वाचनमा गठबन्धन प्यानल विजयी भएको छ।
गठबन्धनबाट नेपाली कांग्रेसका प्रमुख पदका उम्मेद्वार उमाकान्त चपाईं २० मत ल्याइ विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर घर्ती मगरले १२ मत ल्याए।
३२ मत रहेको जिल्ला समन्वय समितिको निर्वाचनमा उपप्रमुखमा लोसपाका रामकृपाल धोबीले १६ मत पाउँदा नेकपा एमालेका पवित्रा देवी श्रेष्ठले १५ मत ल्याइन्।
यस्तै महिला सदस्यमा नेपाली कांग्रेसकि बिष्णुमाया सुवेदी जयसवाल १८, दलित वा अल्पसंख्यकमा कांग्रेसकै राजमन प्रसाद हरिजनले २०, सदस्यमा कांग्रेसकै अब्दुल मोकिम मुसलमान २०,ऋषीराम बस्याल १९, लोसपाका मुकेश कुमार पाण्डे १८ मत ल्यायी विजयी भएका छन्। यस्तै नेकपा माओवादी केन्द्रकि मन्जु परियार १८, लोसपाकी बुधनी चमार १९ मत ल्याइ विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।