सोमबार, फागुन १८, २०८२

दोस्रो जितसँगै नेपाल शीर्षस्थानमा

एसिसी महिला टी–२० च्याम्पियनसिपअन्तर्गत शनिबारको खेलमा नेपालले कुवेतविरुद्ध २५ रनको जित निकालेको छ।
 |  शनिबार, असार ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ४, २०७९

काठमाडौं– मलेसियामा जारी एसिसी महिला टी–२० च्याम्पियनसिपअन्तर्गत शनिबारको खेलमा नेपालले कुवेतविरुद्ध २५ रनको जित निकालेको छ। दोस्रो जितका लागि कुवेतलाई हराउने क्रममा नेपालकी सीता राना मगरले दुई विकेट लिइन्।

अश्मिना कर्माचार्य, संगीता राई र इन्दु बर्माले समान एक/एक विकेट लिए। त्यस क्रममा कुवेतका प्रियादा मुरालीले सर्वाधिक ३१ रनको पारी खेल्दा मारिमा हेदरले १५ तथा कप्तान आम्ना तारिकले १४ रन जोडे।

पहिलो पारीमा नेपालकी कप्तान रुविना क्षेत्रीले चार चौकाको सहयोगमा सर्वाधिक ३४ बनाइन्। उनी प्लेयर अफ द म्याचसमेत भइन्। त्यस्तै, नेपालका लागि इन्दुले २८ र रन बनाइन् भने ज्योति पाण्डेले १५ रनको योगदान दिइन्।

नेपालकी बिन्दु रावल ११ रनको स्कोर गर्ने क्रममा क्याच आउट भइन्। सीता राना मगर र काजल श्रेष्ठले समान ५/५ रनको पारी खेल्दै पवेलियन फर्किए।

त्यस क्रममा कुवेतकी मारिमा हेदरले दुई विकेट लिइन्। मारियम ओमार र खादिला खाजिलले एक/एक विकेट लिए। नेपालले दिएको १ सय ८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर ८२ रनमा समेटियो। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७ रनको योगफल बनाएको थियो।

kumari

जितसँगै दुई खेलबाट ४ अंक जोडेको नेपाल समूह ‘बी’को शीर्षस्थानमा छ। पराजित कुवेतको भने १ अंक छ। 

च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हराएको थियो। कुवेतले भने वर्षाका कारण बहराइनसँग अंक बाँड्यो। च्याम्पियनसिपअन्तर्गत नेपालले सोमबार बहराइन र अन्तिम खेल मंगलबार हङकङसँग खेल्नेछ।

प्रकाशित: Jun 18, 2022| 16:18 शनिबार, असार ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।