काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले झापा अर्जुनधाराका रामकुमार सुवेदीलाई टेक्ससका लागि पर्यटनदूतमा नियुक्त गरेको छ।
एनआरएनका अभियन्तासमेत रहनुभएका उहाँलाई नेपाल सरकारको मन्त्रिस्तरीय निर्णयबाट दुई वर्षका लागि उक्त पदमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ।
सुवेदी दुई दशकअघि स्थायी अनुमतिपत्रसहित सपरिवारका साथ अमेरिका बस्दै आएका छन्। उनी गैरआवासीय नेपाली सङ्घ अमेरिकाका क्षेत्रीय उपसंयोजक रहनाका साथै विगतमा गैरआवासीय नेपाली सङ्घ अमेरिकाको उपाध्यक्षलगायत विभिन्न पदमा रहेर काम गरिसकेका छन्।
सुवेदीबाट नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह हुने मन्त्रालयको अपेक्षा छ।