सोमबार, कात्तिक २, २०८३

चलचित्र ‘म’ को सस्पेन्स–थ्रिलर टिजर सार्वजनिक

एउटा घटनासँग जोडिएका र अनुसन्धानमा जुटेका विभिन्न पात्रको कथालाई टिजरमा देखाइएको छ।
 |  शनिबार, असार ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ४, २०७९

काठमाडौं–सुनगाभा चलचित्रको निर्देशन गरेका सुवर्ण थापा निर्देशित चलचित्र ‘म’ को टिजर सार्वजनिक भएको छ। आगामी साउन २० गतेबाट प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको टिजर सस्पेन्स र थ्रिलर शैलीमा तयार पारिएको छ।

टिजर हेर्दा चलचित्र केही फरक बनेको हुन सक्ने देखिन्छ। एउटा घटनासँग जोडिएका र अनुसन्धानमा जुटेका विभिन्न पात्रको कथालाई टिजरमा देखाइएको छ।

चलचित्रसम्बन्धी अध्यापन गराउने कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुति र कान्तिपुर सिनेमाज्को प्रोडक्सनमा तयार भएको चलचित्रमा सरोज खनाल, निराजन प्रधान, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, नरेन खड्का, गीत विष्ट, विमल पुरी, सुरज विष्ट, सुवास पौडेल, सुप्रज्ञा शर्मा, अजित रेग्मी, सम्राट क्षेत्री, जेम्स अधिकारी, विवेक कुँवर र अमोद भट्टको अभिनय छ।

यो चलचित्रबाट सञ्जोग रसाइली र पुनम श्रेष्ठले अभिनयमा डेब्यू गरेका छन्। उनीहरू कान्तिपुर फिल्म एकेडेमीका विद्यार्थी हुन्। प्रकाश पुरीको कथा तथा पटकथा रहेको चलचित्रमा तेन्जिङ पाल्देनको छायांकन र बनिष शाहको सम्पादन छ।

कान्तिपुर फिल्म एकेडेमीका सिईओसमेत रहेका प्रकाश पुरी क्रियटिभ निर्माता रहेको चलचित्रका निर्माता विमला हुमागाईं र पदम पुरी हुन्।

जीवन पराजुली मिडिया को–अर्डिनेटर, भरत रेग्मीको कलर, राकेश दाहालको ग्राफिक्स डिजाइन, साहिल खानको थ्रिएटिकल ट्रेलर, सुजन वली र सुरक्षा रेग्मी कस्टुम डिजाइन, करण सिंहको प्रोडक्सन डिजाइन, नोबल फ्रिक्सको ब्याकग्राउन्ड स्कोर, मुकेश शाहको साउन्ड डिजाइन रहेको चलचित्रलाई डिजिटल सिनेमा नेपाल (डीसीएन) र एफडी कम्पनीले वितरणको जिम्मा लिएको छ।

प्रकाशित: Jun 18, 2022| 15:38 शनिबार, असार ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।