नवलपुर– जिल्ला समन्वय समिति नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा नेकपा एमाले विजयी भएको छ। शनिबार सम्पन्न निर्वाचनमा प्रमुख, उपप्रमुख तथा सातै सदस्यमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन्।
जिसस प्रमुखमा बाबुराम विश्वकर्मा र उपप्रमुखमा शकुन्तला लम्साल विजयी भए। सदस्यमा एमालेकै पिनकुमारी चितौरे मगर, रेनु गुरौ थारु, सरस्वती पाठक, सम्झना सार्की, कुलप्रसाद शर्मा भुसाल, लीला पौडेल र लोकनाथ अर्याल विजयी भए।
जिल्ला समन्वय समतिमा एमालेको ११ र कांग्रेसको पाँच मत थियो।