बिहीबार, साउन २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लेबनान भ्रमणमा निस्किए प्रधानसेनापति शर्मा, अन्तिम गन्तव्य अमेरिका

लेबनान भ्रमणमा निस्किए प्रधानसेनापति शर्मा, अन्तिम गन्तव्य अमेरिका

द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ सेनाको हौसला बढाउन र यूएन मिसनको भावी योजनाबारे जानकारी लिन शर्मा लेबनान गएका हुन्।
 |  शनिबार, असार ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ४, २०७९

काठमाडौं– प्रधानसेनापति पर्शुराम शर्मा शनिबार लेबनानको औपचारिक भ्रमणमा निस्किएका छन् । सात सदस्यीय टोलीसहित प्रधानसेनापति शर्मा लेबनान भ्रमणमा गएका हुन्।

द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ सेनाको हौसला बढाउन र यूएन मिसनको भावी योजनाबारे जानकारी लिन शर्मा लेबनान गएका हुन्।

प्रधानसेनापति शर्मा नेतृत्वको भ्रमणदललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गरेको नेपाली सेनाले जनाएको छ।

प्रधानसेनापति सहितको टोलीले असार १० गतेसम्म यूएनको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिक तैनाथ मिसनको निरीक्षण, मिसनको वस्तुस्थिति, अपरेसनल गतिविधि, फौज तैनाथीको अवस्थालगायतको जानकारी लिनेछ। भ्रमणका क्रममा प्रधानसेनापति शर्माले लेबनान, सिरियाका विभिन्न मिसनका उच्च अधिकारीसँग भेट गर्ने कार्यक्रम रहेको छ।

लेबनान भ्रमण सकाएर प्रधानसेनापति शर्मा असार १३ गते अमेरिकाको औपचारिक भ्रमण गर्ने कार्यक्रम छ।

भ्रमण अवधिभर बलाधिकृत रथी बालकृष्ण कार्कीले कामु प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन् । प्रधानसेनापति शर्माको टोली भ्रमण असार १९ गते स्वदेश फर्किनेछ ।

प्रकाशित: Jun 18, 2022| 14:22 शनिबार, असार ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।