बुधबार, असार ३, २०८३

नुवाकोटमा श्रीमती लिन ससुराल गएका पुरूषको हत्या

नुवाकोटमा श्रीमतीलाई लिनभन्दै ससुराल गएका एक जना पुरूषको हत्या भएको छ।
 |  शनिबार, असार ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ४, २०७९

काठमाडौं- नुवाकोटमा श्रीमतीलाई लिनभन्दै ससुराल गएका एक जना पुरूषको हत्या भएको छ। बेलकोटगढी नगरपालिका वडा नम्बर-८ स्थित एक घरमा ५६ वर्षीय एकबहादुर तामाङ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए।

National life

ककनी गाउँपालिका वडा नम्बर ८ बस्ने तामाङ आफ्नो ससुरालीमा मृत फेला परेका हुन्। गत बिहीबार बिहान करिब ६ बजे उनको शव फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले उनको हत्या आरोपमा चार जनालाई पक्राउ गरेको छ।

हत्या आरोपमा प्रहरीले मृतककी ३५ वर्षीया श्रीमती ज्ञानमाया, ६७ वर्षीय ससुरा चन्द्रबहादुर भन्ने ज्ञानबहादुर, ३४ वर्षीय दुखिराम र १४ वर्षीय बालकलाई पक्राउ गरेको हो। 

ससुरालीमा श्रीमती लिन आएका एकबहादुरमाथि कुटपिट गरी हत्या गरिएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।

‘ससुरालीमा श्रीमती लिन आएका रहेछन्। श्रीमती माइतीमै बस्ने गर्थिन्। श्रीमान बेलाबेलामा श्रीमती लिन आउँथे। त्यो दिन पनि श्रीमती लिन आउँछु भनेर आएका थिए। तर श्रीमती नमानेपछि विवाद भएको रहेछ। त्यसैक्रममा घटना भयो,' खड्काले भने 

Shivam cement

ज्ञानमाया त्यहाँ ८-१० वर्षदेखि माइतीमै बस्दै आएकी थिइन्।  नुवाकोट जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 18, 2022| 12:57 शनिबार, असार ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।