मंगलबार, चैत ३, २०८२

नेपालमा थप १४ जनामा कोरोना पुष्टि, ११ जना संक्रमण मुक्त

नेपालमा पछिल्लो २४ घण्टामा १४ कोरोना कोरोना संक्रमित थपिएका छन्।
 |  शनिबार, असार ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ४, २०७९

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा १४ कोरोना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा दुई हजार ५३४ जनामा गरिएको परीक्षण गर्दा १४ जना संक्रमण पुष्टि भएको हो।

National life

मन्त्रालयका अनुसार एक हजार ५९० जनाको पीसीआर परीक्षण गर्दा ११ र ९ सय ४४ जनाको एन्टीजेन परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टाको अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु पुष्टि भएको छैन। हालसम्म नेपालमा कोरोनाबाट ११ हजार ९५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा देशभर ११ जना कोरोना संक्रमणबाट निको भएका छन्। योसँगै नेपालमा अहिलेसम्म कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६७ हजार २८८ पुगेको छ। 

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १०५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 18, 2022| 16:59 शनिबार, असार ४, २०७९
प्रतिक्रिया दिनुहोस्