बुधबार, असार ३, २०८३

चट्याङको आवाजले बालक बेहोस

शनिबार बिहान पौने ४ बजेतिर वर्षासँगै परेको चट्याङको चर्को आवाजले जिल्लाको उदयपुरगढी गाउँपालिका-४ डुम्रेका १४ वर्षीय इन्द्रबहादुर थापा मगर बेहोस भएका हुन्।
 |  शनिबार, असार ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ४, २०७९

उदयपुर- उदयपुरका एक बालक चट्याङको आवाजले बेहोस भएका छन्। शनिबार बिहान पौने ४ बजेतिर वर्षासँगै परेको चट्याङको चर्को आवाजले जिल्लाको उदयपुरगढी गाउँपालिका-४ डुम्रेका १४ वर्षीय इन्द्रबहादुर थापा मगर बेहोस भएका हुन्।

National life

बिहान घरमै सुतिरहेका बेला परेको चट्याङको आवाजले बालक इन्द्र ओछ्यानमै बेहोस भएपछि उपचार गर्न गाईघाट ल्याइएको प्रहरीले जनाएको छ। 

बाबु सारद थापामगरका अनुसार चर्को आवाजका साथ चट्याङ परेको र सुतिरहेको छोरा बेहोस भएको भेटेपछि प्रहरीलाई खवर गरी उपचारार्थ जिल्ला अस्पताल गाईघाट ल्याइएको हो।  

बालकको अहिले उदयपुर अस्पतालको आकस्मिक कक्षमा राखेर उपचार भइरहेको छ भने होस खुलिसकेको छ। उपचारमा संलग्न डा. आकांक्षा रायका अनुसार बालकको होस खुलिसकेको र स्वास्थ्यमा क्रमिक सुधारु भइरहेको छ।

प्रकाशित: Jun 18, 2022| 11:57 शनिबार, असार ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।