बुधबार, असार ३, २०८३

लैङ्गिक अल्पसङ्ख्यकका लागि अग्नि नियन्त्रण तालिम

धनगढी उपमहानगरपालिकाले लैङ्गिक अल्पसङ्ख्यकका लागि घरेलु आगलागी नियन्त्रण तालिम आयोजना गरेको छ।
 |  शनिबार, असार ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ४, २०७९

धनगढी- धनगढी उपमहानगरपालिकाले लैङ्गिक अल्पसङ्ख्यकका लागि घरेलु आगलागी नियन्त्रण तालिम आयोजना गरेको छ। युरोपेली आयोगको आर्थिक सहयोग, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम र नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको प्राविधिक सहयोगमा सञ्चालित सहरी विपद् तथा भूकम्प पूर्वतयारी परियोजना (सुपर)को सहकार्यमा उक्त तालिम धनगढीमा आयोजना गरिएको हो। प्राइड मन्थको समयमा सुदूर पश्चिम समाजको समन्वयमा उक्त तालिम गरिएको थियो। 

National life

बढ्दो सहरीकरणले आगलागीको जोखिम उच्च छ। धनगढी जस्ता प्रमुख सहरमा जनसंख्याको उच्च चाप, प्राविधिक सहायता विना बनाइएको पुराना घरहरूको वायरिङ, अव्यवस्थित ग्याँसको प्रयोग र जनचेतनाको कमिमा गरिने लापरबाहीका कारण यो समस्याले विकराल रूप लिँदै छ। 

अझ लैङ्गिक अल्पसङ्ख्यक समुदायहरू परिवारबाट टाढा रहने, एकै ठाउँमा धेरै जना बस्ने र शिक्षाको कमीले आगलागीका घटनालाई बढोत्तरी दिएको छ। यी सबै विविध कारणले यो समुदाय अझ बढी संकटासन्न भएको दाबी सुदूर पश्चिम समाजमा एम एनड ई अफिसर निरङ्ग चौधरी गरेका छन्। 

यस्ता तालिमहरू यो समुदायलाई पहिलो पटक प्रदान गरिएको र यो तालिमले समाजका सम्पूर्ण साथीहरूलाई जीवन रक्षाका लागी उपयोगी सिप दिएको उनको भनाइ छ। साथै यो सिप उनीहरूले आफू निकटका साथीहरूमा पनि पुर्‍याउन प्रयास गर्ने भन्दै सुपर परियोजनासँग नियमित सहकार्यको अपेक्षा राख्दै परियोजनालाई धन्यवाद दिएका थिए। 

धनगढी सुदूर पश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका हो। यस उप-महानगरपालिकामा प्रदेश भरिकै लैङ्गिक अल्पसङ्ख्यकहरूको भारी मात्रामा बसोबास रहेको छ।

Shivam cement

प्रकाशित: Jun 18, 2022| 14:30 शनिबार, असार ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।