सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सर्वदलीय बैठकमार्फत राष्ट्रिय सहमति जुटाएर एसपीपी सम्झौता रद्द गरौं : नैनसिंह महर

सर्वदलीय बैठकमार्फत राष्ट्रिय सहमति जुटाएर एसपीपी सम्झौता रद्द गरौं : नैनसिंह महर

नेपाली कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय सहमति जुटाएर स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता रद्द गर्नुपर्ने बताएका छन्।
 |  शनिबार, असार ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ४, २०७९

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय सहमति जुटाएर स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता रद्द गर्नुपर्ने बताएका छन्। 

National life

नेपाल विद्यार्थी संघ शंकरदेव क्यापसले आयोजना गरेको फुटसल प्रतियोगिताको  बालुवाटारमा उद्घाटन गर्दै नेता महरले सर्वदलीय बैठकबाट राष्ट्रिय सहमति जुटाएर एसपीपी रद्द गर्न अमेरिकालाई पत्र पठाउनुपर्ने बताएका हुन्। 

'एसपीपी अगाडी नबढाउने भनेर प्रधानमन्त्रीले भनिसक्नु भएको छ। सेनाले पनि एसपीपीमा सहभागी नरहने भनिसक्यो। सबै राजनीति दलले पनि एसपीपी स्विकार्न नहुने धारणा राख्नु भएको छ,' उनले भने। 

महरले सर्वदलीय बैठक बोलाएर राष्ट्रिय सहमतिका साथ एसपीपी रद्द गर्ने प्रक्रिया थाल्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे। वैदेशिक मामिलाको विषयलाई राजनीतिक मुद्दा बनाएर गिजोल्न नहुने उनको भनाई छ। 'यो विषय दलहरूले एकले अर्कालाई राष्ट्रघाती करार गर्ने कुरा होइन। नेपाली सेनालाई समेत विवादमा तान्ने काम भएको छ। राज्यका सबै संरचनाप्रति नागरिक अविश्वास पैदा गराउन तिर हुँदैन। यसले व्यवस्थामाथि नै खतरा ल्याउन सक्नेमा हामी सजक हुन जरुरी छ,' उनले भने।

एसपीपी इण्डो प्यासिफिक स्ट्राटेजीको अंग भएको थाहा भएर पनि पूर्ववत् केपी ओली सरकारले खारेज नगरेर किन होल्ड गरेको भन्दै महरले प्रश्न गरे। उनले भने, 'अमेरिकाले एसपीपी सम्झौता सैन्य रणनीतिको अंग भनेपछि पनि ओली सरकारले सम्झौता किन होल्ड गर्‍यो? त्यसका पछाडिको नियत के थियो? राष्ट्रवादको भ्रम छर्ने एमाले नेतृत्वलाई यो प्रश्नले लखेटी रहने छ।'

Shivam cement

प्रकाशित: Jun 18, 2022| 14:24 शनिबार, असार ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...