नेपाल बार एसोसिएसनले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रूद्रप्रसाद पोखरेलको बीचमा व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनको लागि मोलमोलाइ गरिएको अडियोबारे छानबिन गर्न नियमनकारी निकायसँग माग गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले बाग्लुङको बलेवामा रहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा निर्मित स्काइ क्याफेमा बसेर चियापान गरेकी छन्।
जेलमा रहेका व्यवसायी इच्छाराज तामाङको मुद्दामा ‘आर्थिक डिल’ गरेको आरोप लागेका जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालाले आफूबाट कुनै अनुचित काम नभएको बताएका छन्।
व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छाड्न ‘सेटिङ’को प्रयास गरेका वकिल रूद्रप्रसाद पोखरेलले न्यायाधीशसँगको टेलिफोन कुराकानी बाहिर ल्याएपछि उनीमाथि पनि आलोचना सुरु भएको छ।
पेडियाट्रिक आस्थमा एलर्जी इम्युनोलोजी प्राक्टिसनर्स सोसाइटी अफ नेपाल ‘प्याइप्सन’ को आयोजनामा बालबालिकामा हुने एलर्जी र दमका विषयमा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।
यात्रुलाई सेवा दिन खडा भएका राइड सेयरिङको प्रयोग बढ्दो छ तर नियमनमा सरकार बेखबर छ। नेपालमा कति संख्याका राइड सेयरिङ कम्पनी र सर्भिस सञ्चालनमा छन्, सरकारसँग यसबारे तथ्यांक छैन।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको त्रिवि कमिटीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको गेट अगाडि प्रदर्शन गरेको छ।
वायुसेवा सञ्चालक संघले बुधबारका लागि घोषणा गरेको हवाई सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णयमा आफू पनि सहभागी भएको भन्दै बुद्ध एयरले क्षमा मागेको छ।