शनिबार, जेठ ३०, २०८३

ललितपुरमा हुइँकिँदै जनावर एम्बुलेन्स

महानगरले कोरोना महामारीको समय सामुदायिक कुकुर, परेवा, बाँदरलगायतका जनावरलाई सडक, गल्ली, चोकमै पुगेर खानेकुरा खुवाएको थियो।
 |  बुधबार, असार ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार ८, २०७९

काठमाडौं– ललितपुर महानगरले सडकमा रहेका घाइते जनावरको उपचारका लागि एम्बुलेन्स सेवा सञ्चालन गरेको छ। महानगरले जनावरको अधिकारसम्बन्धी  संस्था स्नेहाज केयरसँगको सहकार्यमा एम्बुलेन्स सेवा सुरु गरेको हो।

National life

कार्यक्रममा महानगर प्रमुख चिरिबाबु महर्जनले विभिन्न कारणले घाइते जनावरलाई अस्पताल लैजान सहयोग पु¥याउने उद्देश्यले एम्बुलेन्स सेवा सुरु गरिएको बताए।

‘महानगर जनावरको अधिकारप्रति संवेदनशील छ। सडकपेटीमा भेटिने बिरामी जनावर बोक्न निकै गाह्रो हुँदो रहेछ। त्यसैले एम्बुलेन्स व्यवस्था गरेका हौं’, उनले भने।

महानगरले कोरोनाका कारण लकडाउन भएका बेला सामुदायिक कुकुर, परेवा, बाँदरलगायतका जनावरलाई सडक, गल्ली चोकमा पुगेर खानेकुरा खुवाउने व्यवस्था गरेको थियो। महानगरका अनुसार उक्त एम्बुलेन्स ४० लाखमा खरिद गरिएको हो।

प्रकाशित: Jun 22, 2022| 15:12 बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।