काठमाडौं- सृष्टी श्रेष्ठ स्टार फिल्म ‘द सिक्रेट्स अफ राधा’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ।
फिल्ममा सृष्टिले एकल आमाको भूमिका निर्वाह गरेकी छन्। सार्वजनिक पोस्टरमा उनी हराएका पतिको खोजीमा निस्किएको देखिन्छ।
सुनगाभा निर्देशन गरेका सुवर्ण थापाले ‘राधा’ लाई निर्देशन गरेका हुन्। उनको अनुसार फिल्म राधा श्यामश्वेत प्रविधिमा निर्माण गरिएको छ।
भदौ १० गते रिलिज हुने फिल्मका निर्माता अभिनेता समेत रहेका सौगात मल्ल हुन्। फिल्मकै प्रचारप्रसारका लागि सौगातले तीन महिनाका लागि अभिनयबाट विश्रामसमेत लिएका छन्।
फिल्ममा बुद्धी तामाङ, दयाहाङ राई, निश्चल बस्नेत, सौगात मल्ल, खगेन्द्र लामिछाने पशुपति राई, मेनुका प्रधानलगायत कलाकारको मुख्य भूमिका रहेको छ।