मंगलबार, असार ९, २०८३

आजदेखि ५२ जना संवैधानिक निकायका पदाधिकारीविरुद्धको सुनुवाइ

संवैधानिक इजलासमा बुधबारदे‍खि अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ हुने भएको छ।
 |  बुधबार, असार ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार ८, २०७९

काठमाडौं- संवैधानिक इजलासमा बुधबारदे‍खि अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ हुने भएको छ।

National life

संवैधानिक परिषद् सम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गरेर संसदीय सुनुवाइ बिनै केपी शर्मा ओलीले नियुक्त गरेका ५२ पदाधिकारीविरुद्ध रिट परेको थियो। उक्त रिटमाथि आजदेखि अन्तरिम इजलासमा सुनुवाइ हुने भएको हो।

रिटको सुनुवाइका लागि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आफूसहित हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हा रहेको इजलास गठन गरेका छन्।

ओलीले अध्यादेशमार्फत २०७७ माघ २१ गते ३२ जना र २०७८ असार १० गते नियुक्त गरेका २० जना गरी कुल ५२ जना संवैधानिक निकायका पदाधिकारीहरूलाई नियुक्त गरेका थिए।

प्रकाशित: Jun 22, 2022| 11:48 बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...