बिहीबार, फागुन २१, २०८२

अफगानिस्तान भूकम्पः २५० जनाले गुमाए ज्यान

अफगानिस्तानमा ६.१ म्याग्निच्युटको भूकम्प जाँदा ठूलो धनजनको क्षति भएको छ।
 |  बुधबार, असार ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार ८, २०७९

kumari

काठमाडौं- अफगानिस्तानमा ६.१ म्याग्निच्युटको भूकम्प जाँदा २५० जनाले ज्यान गुमाएका छन्। भूकम्पमा परेर कम्तीमा १५० जना बढी घाइते भएका छन्।

अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रबिन्दु भएर अफगानिस्तानमा ६.१ म्याग्निच्युटको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

भूकम्पको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो। अफगानी सरकारका प्रवक्ता विलाल करिमीले पक्तिका प्रान्तका चार जिल्लामा ठूलो भूकम्प गएको र यसबाट सयौंको ज्यान गएको जानकारी दिए।

प्रकाशित: Jun 22, 2022| 13:16 बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।