मंगलबार, साउन १९, २०८३

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

कञ्चनपुरको वेदकोट नगरपालिका-७ सुडास्थित पूर्वपश्चिम राजमार्गमा बसले साइकल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
 |  बुधबार, असार ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार ८, २०७९

धनगढी- कञ्चनपुरको वेदकोट नगरपालिका-७ सुडास्थित पूर्वपश्चिम राजमार्गमा बसले साइकल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। 

बुधबार बिहान महेन्द्रनगरबाट बर्दियातर्फ जाँदै गरेको ना४ख ८०७७ नम्बरको यात्रुवाहक बसको ठक्करबाट साइकलमा सवार शुक्लाफाँटा नगरपालिका वडा नम्बर ६ बस्ने ३० वर्षीया विमला देवी जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ।

बसको ठक्करबाट गम्भीर घाइते भएपछि जोशीलाई महाकाली अस्पताल लगिए पनि उनको बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रकाशित: Jun 22, 2022| 11:32 बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।