मंगलबार, साउन २६, २०८३

इन्धनमा मूल्यविरुद्ध अनेरास्ववियुको मौन प्रदर्शन

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको त्रिवि कमिटीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको गेट अगाडि प्रदर्शन गरेको छ।
 |  बुधबार, असार ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार ८, २०७९

काठमाडौं– पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको त्रिवि कमिटीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको गेट अगाडि प्रदर्शन गरेको छ।

आज बुधबार बिहान एक घण्टा अनेरास्ववियुले मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै मुखमा कालोपट्टी बाँधेर सांकेतिक विरोध गरेको हो।

मूल्यवृद्धि फिर्ताको माग राख्दै प्लेकार्ड बोकेर सरकारविरुद्ध मौन आन्दोलन गरेको अनेरास्ववियु त्रिविले जनाएको छ। अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नभएसम्म निरन्तर विरोध गर्ने जनाएको छ।


प्रकाशित: Jun 22, 2022| 12:57 बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...