मंगलबार, चैत ३, २०८२

बिहीबारदेखि २७ जिल्लाका बालबालिकालाई लगाइँदै कोरोनाविरुद्धको खोप

५–१२ वर्षसम्म बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाउन थालिएको हो।
 |  बुधबार, असार ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार ८, २०७९

काठमाडौं– स्वास्थ्य मन्त्रालयले बिहीबारदेखि २७ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउँदै छ।

National life

५–१२ वर्षसम्म बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप दिन थालिएको हो।

पहिलो चरणअन्तर्गत २७ जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा र साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जानकारी दिएको हो।

पहिलो चरणमा प्रदेश १ को झापा, इलाम, मोरङ र सुनसरीमा खोप दिइनेछ । मधेस प्रदेशका सप्तरी, धनुषा, पर्सा, सिरहा र महोत्तरीमा बालबालिकालाई खोप दिइनेछ।

बागमती प्रदेशमा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुरमा खोप दिइनेछ भने गण्डकी प्रदेशको कास्की, नवलपरासी पूर्वमा खोप लगाइने कार्यतालिका छ।

Laxmi sunrise bank
kumari

कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप लगाइनेछ।

बालबालिकालाई विद्यालयमा रहेको खोप केन्द्रमार्फत खोप लगाइने केन्द्रले बताएको छ। दोस्रो चरणमा बाँकी रहेका ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप लगाइनेछ।

प्रकाशित: Jun 22, 2022| 11:43 बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्