बुधबार, साउन २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वकिल–न्यायाधीश अडियो संवादबारे छानबिन गर्न बारको माग

वकिल–न्यायाधीश अडियो संवादबारे छानबिन गर्न बारको माग

नेपाल बार एसोसिएसनले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रूद्रप्रसाद पोखरेलको बीचमा व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनको लागि मोलमोलाइ गरिएको अडियोबारे छानबिन गर्न नियमनकारी निकायसँग माग गरेको छ।
 |  बुधबार, असार ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार ८, २०७९

काठमाडौं– नेपाल बार एसोसिएसनले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रूद्रप्रसाद पोखरेलको बीचमा व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनको लागि मोलमोलाइ गरिएको अडियोबारे छानबिन गर्न नियमनकारी निकायसँग माग गरेको छ। 

महासचिव अन्जिता खनालले बुधबार विज्ञप्ति जारी गर्दै उक्त अडियोबारे नेपाल बारको ध्यानाकर्षण भएको भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेकी छन्। 

बारको विज्ञप्तिमा भनिएको छ, ‘नागरिकको आस्था र धरोहरको अन्तिम केन्द्रको रूपमा रहेको न्यायपालिकाको साख श्रीवृद्धिमा मुख्य भूमिका निर्वाह गर्ने न्यायाधीश, कर्मचारी तथा कानुन व्यवसायीहरूबाटै यस्ता किसिमका अवाञ्छित, अमर्यादित र अनुचित कार्यहरूको नेपाल बार एसोसिएसन घोर निन्दा गर्दछ। अतः उक्त सार्वजनिक भएको अडियो समाचारका सम्बन्धमा सोको आधिकारिकता र सत्यतथ्य व्यहोराको अनुसन्धान तथा छानबिन गरी उक्त कार्यमा कोही कसैको संलग्नता रहेको पाइएमा कसुरदारलाई कानुनी दायरामा ल्याउनका लागि यस नेपाल बार एसोसिएसन सम्बन्धित नियमनकारी निकायहरूसँग जोडदार माग गर्दछ।’

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रूद्र पोखरेलबीच ठगी मुद्दामा पक्राउ परेका व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न १० करोडको डिल भएको अडिओ मंगलबार सार्वजनिक भएको थियो। 

न्यायाधीश राजकुमार कोइरालाले आफूबाट कुनै अनुचित कार्य नभएको बताएका छन्। बुधबार दिउँसो फेसबुकमा स्टाटस लेखेर उनले सञ्चारमाध्यममा आएको अडियो र समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै न्यायपरिषदले छानबिन गरे सहयोग गर्ने बताएका छन्।


प्रकाशित: Jun 22, 2022| 15:31 बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।