शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्री फेरबदलबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

मन्त्री फेरबदलबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक बुधबार बस्ने भएको छ। दिउँसो तीन बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएको हो।
 |  बुधबार, असार ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार ८, २०७९

काठमाडौं- सत्ता गठबन्धनको बैठक बुधबार बस्ने भएको छ। दिउँसो तीन बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएको हो।

National life

बैठकमा सरकारमा सहभागी कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेता सहभागी हुने छन्। बैठकमा राष्ट्रिय जनमोर्चालाई बैठकमा बोलाइएको छैन।

बजेट पारित भएपछि सत्ता गठबन्धनमा मन्त्री हेरफेर चर्चा छ। एकीकृत समाजवादीले जेठ २२ मै आफ्ना सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरिसकेको थियो। साथै उसले नयाँ मन्त्रीका रुपमा नेताहरूको नाम समेत टुङ्ग्याइसकेको छ।

यसले कांग्रेस, माओवादी र जसपामा पनि मन्त्री हेरफेरको दवाव बढेपछि शीर्ष नेताबीच आज छलफल हुन लागेको बताइएको छ।

प्रकाशित: Jun 22, 2022| 12:23 बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।