शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • न्यायाधीशलाई १० करोड घुस दिन खोज्ने वकिल रुद्रप्रसाद आफैँ विवादको घेरामा

न्यायाधीशलाई १० करोड घुस दिन खोज्ने वकिल रुद्रप्रसाद आफैँ विवादको घेरामा

व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छाड्न ‘सेटिङ’को प्रयास गरेका वकिल रूद्रप्रसाद पोखरेलले न्यायाधीशसँगको टेलिफोन कुराकानी बाहिर ल्याएपछि उनीमाथि पनि आलोचना सुरु भएको छ।
 |  बुधबार, असार ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार ८, २०७९

काठमाडौं– व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छाड्न ‘सेटिङ’को प्रयास गरेका वकिल रूद्रप्रसाद पोखरेलले न्यायाधीशसँगको टेलिफोन कुराकानी बाहिर ल्याएपछि उनीमाथि पनि आलोचना सुरु भएको छ।

National life

जिल्ला न्यायाधीश राजकुमार कोइरालालाई १० करोड घूस खुवाएर व्यवसायी तामाङलाई धरौटीमा छाड्ने तारतम्य मिलाउने अधिवक्ता पोखरेल त्यत्तिकै विवादास्पद पेशाकर्मी भएकाले पनि यो परिघटनाबारे अनेक आशंकाहरु सतहमा आएका छन्।

‘वकिल रुद्रप्रसादले न्यायाधीशसँग गरेको कुराकानी पूरै सुनियो, बुझियो। यो संवादमा न्यायाधीशलाई उनले सरासर घूस प्रस्ताव गरेका छन्,’ नेपाल बार एसोसिएसनका एक पदाधिकारीले नेपाल समयसँग भने, ‘वकिल पोखरेलले बेञ्च सपिङ गर्न निष्फल भएपछि यो कुराकानी बाहिर ल्याएको जस्तो देखिन्छ।’ ती पदाधिकारीका अनुसार यसरी टेलिफोन रेकर्ड गर्नु आफैँमा पनि अनाधिकृत काम हो। 

झापा गौरादह स्थायी घर भएका कानुन व्यवसायी पोखरेल २५ वर्षदेखि वकालत गर्दै आइरहेका छन्। एमाले पार्टी र अध्यक्ष केपी ओलीसँग नजिक रहेका पोखरेल यसअघि पनि पटक–पटक यस्ता प्रयासहरु गरेको उनलाई चिने–जानेका कानुन व्यवसायीहरुको आरोप छ। ‘उहाँले आफूलाई वकिल भन्दा पनि राजनीतिक नेता नै हो भन्ने ठान्नुहुन्छ,’ पोखरेलसँगै कानुन व्यवसाय सुरु गरेका उनका एक समकालिन अधिवक्ता भन्छन्, ‘बारको आन्दोलनका बेला पनि यी वकिल साबको सत्य रुप प्रकट भएको थियो।’

जिल्ला न्यायाधीश राजकुमार कोइरालालाई १० करोड घूस खुवाएर व्यवसायी तामाङलाई धरौटीमा छाड्ने तारतम्य मिलाउने अधिवक्ता पोखरेल त्यत्तिकै विवादास्पद पेशाकर्मी भएकाले पनि यो परिघटनाबारे अनेक आशंकाहरु सतहमा आएका छन्।

विवादित कानुन व्यवसायी पोखरेल निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग पनि त्यत्तिकै नजिकका हुन्। प्रधानन्यायाधीश राणा विवादित बन्दै गएपछि नेपाल बार एसोसिएसनले राणालाई हटाउन आन्दोलन गर्दैगर्दा वकिल पोखरेल भने राणाको बचाउमा हात धोएर लागेका थिए।

Shivam cement

राणा बचाउ आन्दोलनमा सहभागी र सक्रिय भएपछि बारसम्बद्ध वकिलहरुले उनको चर्को आलोचना गरेका थिए। ‘त्यतिमात्र होइन पोखरेलजीले राणाको विरोधमा न्यायाधीशहरुले गरेको बेञ्च बहिष्कारको प्रतिवाद गर्ने उहाँ अदालतमा बहस गर्न समेत पुग्नुभएको हो,’ ती कानुन व्यवसायीले भने, ‘उहाँका कारणले हामी कानुन व्यवासयीको शीर पटक पटक झुकेको छ।’

सर्वसाधारणको आठ अर्ब ठगीको आरोपमा पक्राउ परेका तामाङलाई ०७८ पुस १४ गते काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। अनौपचारिक कुराकानीहरुमा समकालिन वकिलहरुसँग पोखरेलले कुनै बेला एमाले राजनीतिमा समेत सक्रिय तामाङलाई थुनामुक्त गर्न आफूलाई आफ्नो दलको समेत सहयोग रहेको बताउँदै आएका थिए। 

पेशागत र दलीय राजनीतिमा समेत रुची राख्ने नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष हुन् पोखरेल। उनी २०७६ देखि २०७९ सम्म कोषाध्यक्ष थिए। एमाले खेमाबाट उनले वाम कानुन व्यवसायी समूहका तर्फबाट कोषाध्यक्ष जितेका थिए। एमालेको कानुन विभाग सदस्यसमेत रहेका पोखरेलले घूस ‘लबिङ’को अडियो बाहिर ल्याएपछि एमाले निकट कतिपय कानुन व्यवसायीहरुले समेत उनको पेशागत धर्मप्रति प्रश्न उठाएका छन्।

काठमाडौंका जिल्ला न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता पोखरेलको विवादास्पद अडियो सार्वजनिक भएपछि कामु प्रधानन्यायाधीशले आज दिउँसो न्यायपरिषदको आकस्मिक बैठक डाकेका छन्। बैठक जारी छ। बैठकले के निर्णय गर्छ, त्यसमा सबैको चासो त्यसमै छ।

प्रकाशित: Jun 22, 2022| 14:05 बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।