मंगलबार, साउन १९, २०८३

भरुवा बन्दुकसहित रामेछापमा एक जना पक्राउ

गोकुलगंगा गाउँपालिका-६ मा घरमा लुकाइराखेको भरुवा बन्दुक जिल्ला प्रहरी कार्यालय रामेछापले नियन्त्रणमा लिएको छ।
 |  बुधबार, असार ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार ८, २०७९

रामेछाप- गोकुलगंगा गाउँपालिका-६ मा घरमा लुकाइराखेको भरुवा बन्दुक जिल्ला प्रहरी कार्यालय रामेछापले नियन्त्रणमा लिएको छ। 

पक्राउ पर्नेमा ग्यामकिरी बस्ने ६२ वर्षीय आइते तामाङ रहेका छन्। आफ्नै घरभित्र लुकाइराखेको भरुवा बन्दुकसहित प्रहरीले तामाङलाई पक्राउ गरेको हो।

भरुवा बन्दुक लुकाइराखेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रामेछापबाट प्रहरी अधिकृतसहितको टोलीले तामाङको घरमा गई खानतलासी गरेको थियो। उनको घरबाट फलाम र काठले बनेको एउटा भरुवा बन्दुक र सोमा प्रयोग हुने बारुद अन्दाजी १० ग्राम, फलामको टुक्रासमेत फेला परेको प्रहरीको भनाइ छ।

बन्दुकसहित तामाङलाई नियन्त्रणमा लिइ जिल्ला अदालत रामेछापबाट दिन सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 22, 2022| 12:27 बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।