पछिल्लो २४ घण्टामा देशभर ४३५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५ सय ६९ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।
चलचित्र 'माइकल अधिकारी' भदौ ३ गते र राधा भदौ १० गते देशव्यापी प्रदर्शनमा आउने भएको छ। एक साताको अन्तरमा हुन लागेको चलचित्र राधा र माइकल अधिकारीमा सौगात र सृष्टि नै...
काठमाडौंको हाडीगाउँस्थित हेराल्ड कलेजमा अध्ययनरत विद्यार्थीको पहिलो दिक्षान्त समारोह सम्पन्न भएको छ। दिक्षान्त समारोहमा बिएससी अनर्स कम्प्युटर साइन्स कोर्ष पूरा गरेका ६७ जना विद्यार्थी दीक्षित बनेका छन्।
सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सैन्य साझेदारी कार्यक्रम स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कार्यान्वन नगर्ने निर्णय कार्यान्वयबारे संसदलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन्।
सरकारले चियाको विकासमा बेवास्ता गरेको गुनासो खनालले गरे। देशमा चियाको उत्पादन बढिरहेको भन्दै उनले यसलाई नीति तथा कार्यक्रम र आर्थिक वर्षको बजेटमा समेट्न नसकेकोमा खेद व्यक्त गरे। सांसद खनालले चियाको...
सत्ता गठबन्धनको दल नेकपा माओवादी केन्द्रले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपालले भाग नलिने पत्र अमेरिकालाई तत्काल पठाउन सदनबाट रुलिङ हुनुपर्ने माग गरेको छ।
आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक हुनु एक दिनअघि अर्थ मन्त्रालयमा बाहिरका मान्छे ल्याएर करका दर हेरफेर नगराएको र मन्त्रालयको सिसीटिभी फुटेज डिलेट नगरेको तत्कालीन अर्थमन्त्री शर्माको दाबी छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिको बैठक स्थगित भएको छ। ललितपुरस्थित एन्फा मुख्यालयमा बिहीबार बसेको बैठक एजेन्डामा प्रवेश नै नगरी स्थगित भएको हो।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि आफूले विगतमा ल्याएको अवधारणा पालना नगरिएकाले अहिले अवस्था विकराल बनेको दाबी गरेका छन्।