सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • निवर्तमान अर्थमन्त्री शर्माबारे छानबिन गर्ने संसदीय समितिको म्याद थपियो

निवर्तमान अर्थमन्त्री शर्माबारे छानबिन गर्ने संसदीय समितिको म्याद थपियो

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नताका विषयमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको म्याद थप गरिएको छ।
 |  बिहीबार, साउन ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ५, २०७९

काठमाडौं– बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नताका विषयमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको म्याद थप गरिएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले म्याद थपको प्रस्ताव पेश गरेका थिए। प्रस्ताव सर्वसम्मतले पारित भएपछि समितिको म्याद ७ दिन थपिएको छ।

आजमात्रै समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग तीन घन्टा बयान लिएको थियो। 

असार २२ गते गठन भएको समितिले २८ गतेदेखि काम सुरु गरेको थियो। समितिले बिहीबार मात्रै सभामुख सापकोटालाई समय थप्न माग गरेको थियो।
प्रकाशित: Jul 21, 2022| 16:06 बिहीबार, साउन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...