आइतबार, असोज २५, २०८३

सौगात-सृष्टिका दुई चलचित्र साताको अन्तरमा आउँदै, प्रमोसनमा भ्याई-नभ्याई

चलचित्र 'माइकल अधिकारी' भदौ ३ गते र राधा भदौ १० गते देशव्यापी प्रदर्शनमा आउने भएको छ। एक साताको अन्तरमा हुन लागेको चलचित्र राधा र माइकल अधिकारीमा सौगात र सृष्टि नै छन्।
 |  बिहीबार, साउन ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ५, २०७९

काठमाडौं- अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठलाई यतिबेला भ्याईनभ्याई छ। चलचित्र ‘द सिक्रेट अफ राधा’को प्रमोसनमा हिँडिरहेका सौगात र सृष्टि चलचित्र ‘माइकल अधिकारी’ प्रमोसनका लागि पनि हिँड्नुपर्ने भएपछि उनीहरूको व्यस्तता बढेको हो। 

चलचित्र 'माइकल अधिकारी' भदौ ३ गते र राधा भदौ १० गते देशव्यापी प्रदर्शनमा आउने भएको छ। एक साताको अन्तरमा हुन लागेको चलचित्र राधा र माइकल अधिकारीमा सौगात र सृष्टि नै छन्। 

माइकल अधिकारी गोपीकृष्ण मुभिजको व्यानरमा निर्माण तथा उद्धव पौडेलको प्रस्तुति छ। फिल्ममा निरक पौडेलले लगानी गरेका छन्। सुवर्ण थापाले निर्देशन गरेको राधामा भने सौगात पनि निर्माता हुन्। त्यसो हुँदा सौगात र सृष्टिले राधाको प्रमोसनमा पनि बढी खटिनुपर्ने देखिन्छ। 

राधा चलचित्रमा हराएका श्रीमान् खोज्ने एक महिलाको संघर्षशील यात्रा गरेकी सृष्टि ‘माइकल अधिकारी’ मा भने पैसाका लागि आफ्नै कोख भाडामा बेच्ने महिलाको भूमिकामा छिन्। अर्थात् माइकल अधिकारीमा 'सेरोगेसी'को कथा उठान गरिएको छ। माइकल अधिकारीमा सौगातले सृष्टिको श्रीमानको भूमिका निर्वाह गरेका छन्। 

कोरोनाका कारण प्रदर्शन मिति पछाडि सारेको थियो माइकल अधिकारीले। यतिखेर चलचित्र घरहरु खुलेसँगै राधा र माइकल अधिकारी वितरकका कारण पनि एक हप्ताको अन्तरमा प्रदर्शन हुँदैछ। यसो हुँदा पनि सौगात र सृष्टिलाई प्रमोसनका लागि तनाव छ।सृष्टि र सौगातले राधालाई बढी समय दिने कि माइकल अधिकारीलाई भन्ने जिज्ञासा पनि उनका फ्यानहरुमा देखिएको छ। 

प्रकाशित: Jul 21, 2022| 16:22 बिहीबार, साउन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।