आइतबार, चैत १९, २०७९

सौगात-सृष्टिका दुई चलचित्र साताको अन्तरमा आउँदै, प्रमोसनमा भ्याई-नभ्याई

चलचित्र 'माइकल अधिकारी' भदौ ३ गते र राधा भदौ १० गते देशव्यापी प्रदर्शनमा आउने भएको छ। एक साताको अन्तरमा हुन लागेको चलचित्र राधा र माइकल अधिकारीमा सौगात र सृष्टि नै छन्।
 |  बिहीबार, साउन ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ५, २०७९

काठमाडौं- अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठलाई यतिबेला भ्याईनभ्याई छ। चलचित्र ‘द सिक्रेट अफ राधा’को प्रमोसनमा हिँडिरहेका सौगात र सृष्टि चलचित्र ‘माइकल अधिकारी’ प्रमोसनका लागि पनि हिँड्नुपर्ने भएपछि उनीहरूको व्यस्तता बढेको हो। 

National life insurance

चलचित्र 'माइकल अधिकारी' भदौ ३ गते र राधा भदौ १० गते देशव्यापी प्रदर्शनमा आउने भएको छ। एक साताको अन्तरमा हुन लागेको चलचित्र राधा र माइकल अधिकारीमा सौगात र सृष्टि नै छन्। 

माइकल अधिकारी गोपीकृष्ण मुभिजको व्यानरमा निर्माण तथा उद्धव पौडेलको प्रस्तुति छ। फिल्ममा निरक पौडेलले लगानी गरेका छन्। सुवर्ण थापाले निर्देशन गरेको राधामा भने सौगात पनि निर्माता हुन्। त्यसो हुँदा सौगात र सृष्टिले राधाको प्रमोसनमा पनि बढी खटिनुपर्ने देखिन्छ। 

राधा चलचित्रमा हराएका श्रीमान् खोज्ने एक महिलाको संघर्षशील यात्रा गरेकी सृष्टि ‘माइकल अधिकारी’ मा भने पैसाका लागि आफ्नै कोख भाडामा बेच्ने महिलाको भूमिकामा छिन्। अर्थात् माइकल अधिकारीमा 'सेरोगेसी'को कथा उठान गरिएको छ। माइकल अधिकारीमा सौगातले सृष्टिको श्रीमानको भूमिका निर्वाह गरेका छन्। 

कोरोनाका कारण प्रदर्शन मिति पछाडि सारेको थियो माइकल अधिकारीले। यतिखेर चलचित्र घरहरु खुलेसँगै राधा र माइकल अधिकारी वितरकका कारण पनि एक हप्ताको अन्तरमा प्रदर्शन हुँदैछ। यसो हुँदा पनि सौगात र सृष्टिलाई प्रमोसनका लागि तनाव छ।सृष्टि र सौगातले राधालाई बढी समय दिने कि माइकल अधिकारीलाई भन्ने जिज्ञासा पनि उनका फ्यानहरुमा देखिएको छ। 

worldlink

प्रकाशित: Jul 21, 2022| 04:22. 13 बिहीबार, साउन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

रहरले साहित्यकार कि तीक्ष्ण लेखन?

सिर्जनाभित्र मानिस र मानिस बाहेकका विषयले स्थान पाउँलान्। तर ती विषयलाई कसरी शिल्पिवद्ध गर्ने  लेखकको क्षमतामा भर पर्ने कुरा हो।

समापन भयो बुद्ध थिएटर फेस्टिभल

१३ चैतदेखि जमलस्थित सांस्कृतिक संस्थानमा सुरु भएको महोत्सव पाँचौं दिन वीरेन्द्र हमाल निर्देशित नाटक ‘चक्षु’ देखाउँदै समापन गरिएको हो।

मौन आवाज र अभिव्यक्तिभित्रकी मृदुभाषी झमक

सामाजिक सञ्जालका भित्तामा उनका भावना बेला–बेला पोखिएका हुन्छन्। मोबाइलको किबोर्डमा पनि उनका ती दुई खुट्टाकै औंला कुदिरहेका हुन्छन्। अहो ! कस्तो विलक्षण प्रतिभा।

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।