सोमबार, साउन २५, २०८३

राप्रपा छोडेका ४ नेता राप्रपा नेपाल प्रवेश

राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेका ४ जना नेता कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गरेका छन्।
 |  बिहीबार, साउन ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ५, २०७९

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेका ४ जना नेता कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गरेका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग असन्तुष्टि जनाएका नेतालाई २४ घण्टा स्पष्टीकरण सोधेपछि उनीहरू राप्रपा नेपालमा प्रवेश गरेका हुन्।

बिहीबार दिउँसो राजधानीको कान्तिपथस्थित होटल एल्लो प्यागोडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष थापाले ४ नेतालाई आफ्नो पार्टीमा स्वागत गरेका हुन्। राप्रपा नेतृत्वप्रति असन्तुष्ट हुँदै नेताहरू दीलनाथ गिरी, दिलविकास राजभण्डारी, श्यामप्रसाद तिमिल्सिना र राजाराम श्रेष्ठ थापा नेतृत्वको राप्रपामा लागेका हुन्। यसैगरी, राप्रपाका तत्कालीन खेलकुद विभाग प्रमुख दमन बस्नेत पनि कमल थापाको पार्टीमा प्रवेश गरेका छन्। 

यसअघि उनीहरूले ‘पार्टीमा आन्तरिक प्रजातन्त्रको चीरहरण भएको अवस्थामा सर्वसत्तावाद र अहंकार मौलाएको’ आरोप लगाउँदै पार्टी परित्याग गरेका थिए। मंसिरमा भएको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग हारेपछि थापाले राप्रपाबाट राजीनामा दिएर नयाँ दल गठन गरेका थिए। 

प्रकाशित: Jul 21, 2022| 14:40 बिहीबार, साउन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...