सोमबार, फागुन १८, २०८२

आयुषले पाए यू–२० नेपाली टिमको कप्तानी

नेपाली यू–२० राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले टिमको कप्तानी मिडफिल्डर आयुष घलानलाई दिएका हुन्।
 |  बिहीबार, साउन ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ५, २०७९

काठमाडौं– केही दिनपछि भारतमा हुन लागेको साफ यू–२० साफ च्याम्पियन्सपका लागि नेपाली टोलीको कप्तानी आयुष घलानले गर्ने भएका छन्। नेपाली यू–२० राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले टिमको कप्तानी मिडफिल्डर आयुष घलानलाई दिएका हुन्। आयुष टोलीको अनुभवि तथा सिनियर राष्ट्रिय टोलीका खेलाडीसमेत हुन्।

नेपालले उद्घाटन खेल जुलाई २५ मा माल्दिभ्सविरुद्ध खेल्नेछ। त्यस्तै, दोस्रो खेल श्रीलंकासँग जुलाई २७ मा खेल्नेछ। नेपालले भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्त २ मा खेल्नेछ। 

राउन्ड रोविन लिगका आधारमा सहभागी पाँच टोलीमध्ये शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। साफ च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहनेछ।

नेपाली टोली 

गोलकिपर : ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख

kumari

डिफेन्डर : अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा

मिडफिल्डर : दीपेश गुरुङ, आशीष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान

फरवार्ड : रोहित सुब्बा, निरञ्जन मल्ल, रोहन खड्गी।

प्रकाशित: Jul 21, 2022| 14:59 बिहीबार, साउन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।