काठमाडौं- जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज बुधबार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने कार्तिक १२ गते (बिहीबार) देखि देशमा बङ्गालको खाडीमा विकसित चक्रवात "अर्नब" को पनि प्रभाव रहने जानकारी दिएको छ।
त्यस्तै, हाल कोशी, मधेश र बागमती प्रदेश आंशिक बादल लाग्नेको छ र बाँकी प्रदेशमा मौसम मख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ र कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ। देशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का सम्मको वर्षा/हिमपातको सम्भावना छ।
त्यस्तै, राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी भू-भाग, मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना छ।