शनिबार, असार ६, २०८३

गठबन्धनमा नाफाको तालमेल अस्वीकार्य : गगन थापा

न्यूनतम समझदारी नबनी तालमेल गर्दा निर्वाचन जितिसकेपछि तानातानले गठबन्धन टुट्न सक्ने थापाको तर्क।
 |  बिहीबार, साउन ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ५, २०७९

चितवन– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आसन्न संघीय र प्रादेशिक निर्वाचनमा निश्चित उद्देश्यसहित दलहरूबीचमा तालमेल हुनुपर्ने बताएका छन्।नेपाल प्रेस युनियन चितवनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता थापाले गठबन्धन दलबीच तालमेल केका लागि हुने पहिले नै टुंग्याइनुपर्ने बताए।

National life

महामन्त्री थापाले निर्वाचनपछि र अगाडिको तालमेल असफल भएको जानकारी दिए। उनले भने, ‘तालमेल केका लागि र जनतासँग जोडिन्छ कि जोडिँदैन भन्ने हुनुपर्छ।’ तत्कालका लागि नाफा मात्रै देखिन्छ भने त्यो आवश्यक नभएको उनले स्पष्ट पारे।

आगामी निर्वाचनका लागि गरिने तालमेलमा न्यूनतम समझदारी बन्नुपर्नेमा उनले जोड दिए। निर्वाचनअघि गरिने तालमेल दलहरूका बीचमा संविधानलाई हेर्ने दृष्टिकोण, आर्थिक, सामाजिक मुद्दा र विदेश नीतिका सन्दर्भमा न्यूनतम समझदारी बन्नुपर्ने धारणा उनको छ।

उनले भने, ‘यी कुरामा समझदारी हुँदैन भने तालमेल नगरेकै राम्रो।’ न्यूनतम समझदारी नबनी तालमेल गर्दा निर्वाचन जितिसकेपछि साना कुरा, तानातानले तालमेल टुट्न सक्ने उनको भनाइ छ। ‘तालमेलमा रहेका दलहरूमा सिटको मात्रै बाँडफाँट हुने, निर्वाचन जित्ने कुरालाई मात्रै ध्यान दिने, निर्वाचन जितिसकेपछि आ–आफ्नो मत रहने हो भने सानो कुराको स्वार्थले पनि दुर्घटनामा पार्दाे रहेछ भन्ने कुरा नेपाल कम्युनिस्ट पार्टीको २०७४ को निर्वाचनबाट देखेका छौं’, महामन्त्री थापाले भने, ‘निर्वाचनमा एउटा पार्टीले एक्लै लड्दा बहुमत ल्याउने अवस्था छैन ।’

बहुमत स्थिर सरकारका लागि आवश्यक रहेको उनको भनाइ छ। नागरिकसँग गरेका वाचा पाँच वर्षमा पूरा गर्न कांग्रेसलाई बहुमत आवश्यक रहेको उनले बताए। उनले पार्टी सभापतिलाई बलियो बनाउँदै विधिसम्मत पार्टी चलाउन आफूहरूको दबाब रहिरहने उनले जानकारी दिए।–रासस

Shivam cement

प्रकाशित: Jul 21, 2022| 16:46 बिहीबार, साउन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...