सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एसपीपी अस्वीकार गर्ने निर्णय कार्यान्वयनबारे जानकारी गराउन सभामुखको निर्देशन

एसपीपी अस्वीकार गर्ने निर्णय कार्यान्वयनबारे जानकारी गराउन सभामुखको निर्देशन

सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सैन्य साझेदारी कार्यक्रम स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कार्यान्वन नगर्ने निर्णय कार्यान्वयबारे संसदलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन्।
 |  बिहीबार, साउन ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ५, २०७९

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सैन्य साझेदारी कार्यक्रम स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कार्यान्वन नगर्ने निर्णय कार्यान्वयबारे संसदलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन्। बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूले एसपीपी कार्यान्वयन गराउन सरकार भित्रभित्रै लागिपरेको आरोप लगाएपछि सभामुखले ध्यानाकर्षण भएको भन्दै त्यसको कार्यान्वयनबारे जानकारी गराउन निर्देशन गरेका हुन्। 

'एसपीपीका सम्बन्धनमा मेरो ध्यानाकर्षण भएको छ। त्यस सम्बन्धमा नेपाल सरकारको निर्णय र त्यसको कार्यान्वयन अवस्थाबारे जानकारी गराउन नेपाल सरकारलाई निर्देश गर्दछु,' सभामुखले सदनमा रुलिङ गरे। 

यसअघि बोलेका नेकपा (एकीकृत समाजवादी) का सांसद एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एसपीपी अस्वीकार गर्दै पत्र नलेखेको भन्दै सरकारले आक्रोश व्यक्त गरेका थिए।

'यतिबेला हाम्रो देशमा गम्भीर हुँदै गएका छन्। राष्ट्रियतासामु अनेक प्रकारका खतरा मडारिएका छन्। मन्त्रिपरिषद्ले एसपीपी अस्वीकार गर्छौँ भनेर सरकारले निर्णय गरेको एक महिनाभन्दा बढी भइसकेको छ। तर अहिलेसम्म के कारणले पत्र लेख्न सकिएको छैन?,' उनले भने, 'यो हाम्रो देशको क्याबिनेटभन्दा बाहिर कतातिर छ हाम्रो कार्यकारी अधिकार? कार्यकारी अधिकार भएको क्याबिनेटले निर्णय गरिसकेपछि अब फेरि पनि अरु कसैले रोक्न सक्छ यो देशमा? के कारणले रोकिँदैछ। म गभ्मीरतापूर्वक प्रश्न उठाउन चाहन्छु।'

माओवादी सांसद देव गुरुङले पनि सरकारले भित्रभित्र एसपीपीबारे क्याबिनेटले गरेको निर्णय कार्यान्वन नगर्ने बहानाबाजी गरिरहेको आरोप लगाएका थिए। 


प्रकाशित: Jul 21, 2022| 16:11 बिहीबार, साउन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...