शनिबार, असार ६, २०८३

एसपीपीमा भाग नलिने पत्र तत्काल पठाउन रुलिङ गरियोस् : माओवादी

सत्ता गठबन्धनको दल नेकपा माओवादी केन्द्रले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपालले भाग नलिने पत्र अमेरिकालाई तत्काल पठाउन सदनबाट रुलिङ हुनुपर्ने माग गरेको छ।
 |  बिहीबार, साउन ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ५, २०७९

काठमाडौं– सत्ता गठबन्धनको दल नेकपा माओवादी केन्द्रले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपालले भाग नलिने पत्र अमेरिकालाई तत्काल पठाउन सदनबाट रुलिङ हुनुपर्ने माग गरेको छ। 

National life

सभामुखले परराष्ट्र मन्त्रालयलाई यस्तो रुलिङ गर्नुपर्ने माग उनको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङले एसपीपी सम्झौता खारेजी गर्ने भन्ने पत्र तत्काल पठाउनका लागि परराष्ट्र मन्त्रलायलाई रुलिङ गर्न सभामुखसँग माग गरे। 

‘एसपीपी खारेजीसम्बन्धी मन्त्रिपरिषद्को निर्णयका सन्दर्भमा अहिलेसम्म परराष्ट्र मन्त्रालयले पत्रचार नगरेकोमा र थप छलफल गरेर मात्र अघि बढाउने परराष्ट्र मन्त्रालयले भनेकोमा मन्त्रिपरिषद्को निर्णय विपरीत भयो,' उनले भने, 'त्यसैले एसपीपीलाई अस्वीकार गर्ने पत्र तत्काल पठाउन परराष्ट्र मन्त्रालयलाई रुलिङ गर्न सभामुखसँग माग गर्दछु।’

परराष्ट्र मन्त्रालयले बुधबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले उक्त पत्र पठाउनेबारे छलफल भइरहेको बताएकी थिइन्।

प्रकाशित: Jul 21, 2022| 15:04 बिहीबार, साउन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...