शनिबार, असार ६, २०८३

फोहोर व्यवस्थापनमा मेरो अवधारणा उपयुक्त छ : प्रकाशमान

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि आफूले विगतमा ल्याएको अवधारणा पालना नगरिएकाले अहिले अवस्था विकराल बनेको दाबी गरेका छन्।
 |  बिहीबार, साउन ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ५, २०७९

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि आफूले विगतमा ल्याएको अवधारणा पालना नगरिएकाले अहिले अवस्था विकराल बनेको दाबी गरेका छन्।

National life

आफूले फोहोर व्यवस्थापनको लागि ‘जिरो वेस्ट कन्सेप्ट’ ल्याए पनि प्रकाशमानको भोट बढ्छ भनेर त्यसलाई कार्यान्वयन नगरिएको उनको गुनासो छ। आज बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘संसद् विकास कोष हुँदाखेरि मैले जिरो वेस्ट कन्सेप्टलाई कम्युनिटीमा लगौं भनेर सब प्रोग्राम बनाएँ। पैसा पनि छुट्याएँ, एक्स्पर्टहरु लगाएँ, डिजाइन पनि गरें। पछि कुरा उठेछ, यस्तो राम्रो काम गर्यो भने त प्रकाशमानलाई भोट बढ्छ भनेर त्यो कार्यक्रम नै भएन।’ यसबाट आफूले मात्र राम्रो काम गर्छु भन्दैमा जनताले त्यसमा समर्थन नगरेमा नहुँदो रहेछ भन्ने अनुभव हासिल गरेको समेत उनले बताए।

अर्को एक प्रसंगमा उनले राजनीतिक वा विकास निर्माणको काम मात्र नभई घरायसी समस्याबारे पनि आफूलाई जानकारी दिए ती समस्या समाधान गरिदिने आश्वासन समेत दिए। समस्याबारे जानकारी भए वडा, प्रदेश र प्रतिनिधिसभाका सबै तहका जनप्रतिनिधिहरु मिलेर समाधान गर्न तत्पर रहेको बताउँदै उनले भने, ‘तपाईंहरुको समस्या हामीलाई भन्नुपर्यो। हामीसँगै बसेर प्रब्लमलाई सल्भ गर्छौं।’ 

काठमाडौंमा रहेको बेला बिजुलीबजारस्थित सम्पर्क कार्यालयमा शुक्रबार र सोमबार आफू पुग्ने गरेको भन्दै उनले कुनै समस्या आए आफूलाई जानकारी दिन आग्रह गरे। उनले भने, ‘खाली पोलिटिकल, पूर्वाधार विकास, ढलको समस्या मात्र होइन। तपाईंहरुको घरमा, छोरीको पढाइ लेखाइमा, स्कलरसिपको बारेमा भन्नुपर्यो। भनेपछि न हामीलाई थाहा हुन्छ। घरैपिच्छे के प्रब्लम छ भन्ने कुरा त हामीलाई थाहा हुँदैन नि त। तर तपाईंहरुले जनप्रतिनिधिहरुलाई विश्वास गरेर भन्नुपर्यो।’ 

प्रकाशित: Jul 21, 2022| 13:19 बिहीबार, साउन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...