शनिबार, असार ६, २०८३

झलनाथको प्रश्न- एसपीपी अस्वीकार गर्दै पत्र लेख्न कसले रोक्यो?

नेकपा (एकीकृत समाजवादी) का सांसद एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एसपीपी अस्वीकार गर्दै पत्र नलेखेको भन्दै सरकारले आक्रोश व्यक्त गरेका छन्।
 |  बिहीबार, साउन ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ५, २०७९
National life
Shivam cement

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का सांसद एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एसपीपी अस्वीकार गर्दै पत्र नलेखेको भन्दै सरकारले आक्रोश व्यक्त गरेका छन्। बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खनालले यस्तो बताएका हुन्। 

'यतिबेला हाम्रो देशमा गम्भीर समस्या पैदा हुँदै गएका छन्। राष्ट्रियतासामु अनेक प्रकारका खतरा मडारिएका छन्। मन्त्रिपरिषद्ले एसपीपी (अमेरिकी सरकारको स्टेट पार्टनरसिप प्रोग्राम) अस्वीकार गर्छौँ भनेर सरकारले निर्णय गरेको एक महिनाभन्दा बढी भइसकेको छ। तर अहिलेसम्म के कारणले पत्र लेख्न सकिएको छैन?,' सरकारप्रति प्रश्न गर्दै उनले भने, 'यो हाम्रो देशको क्याबिनेटभन्दा बाहिर कतातिर छ हाम्रो कार्यकारी अधिकार? कार्यकारी अधिकार भएको क्याबिनेटले निर्णय गरिसकेपछि अब फेरि पनि अरु कसैले रोक्न सक्छ यो देशमा? के कारणले रोकिँदैछ? म गम्भीररतापूर्वक सरकारलाई प्रश्न उठाउन चाहन्छु।'

उनले युक्रेन-रुस युद्धका कारण अर्थव्यवस्थामा गम्भीर संकट पैदा भएको उनको भनाइ थियो। यसले मूल्यवृद्धि र विभिन्न वस्तुको उपलब्धतामा संकट आएको समेत उल्लेख गरे। 

प्रकाशित: Jul 21, 2022| 15:52 बिहीबार, साउन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...