शनिबार, असार ६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदीप ज्ञवालीको शुभकामना– मलाई ट्रोल बनाउनेको भान्सा सस्तो होस्

प्रदीप ज्ञवालीको शुभकामना– मलाई ट्रोल बनाउनेको भान्सा सस्तो होस्

नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले गठबन्धन सरकार जनताको समस्या समाधान गर्ने कुरामा बेखबर भएको बताएका छन्।
 |  बिहीबार, साउन ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ५, २०७९

काठमाडौं– नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले गठबन्धन सरकार जनताको समस्या समाधान गर्ने कुरामा बेखबर भएको बताएका  छन्।

National life

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले शैक्षिक सत्र शुरु भएको लामो समयसम्म पनि विद्यार्थीको पाठ्यपुस्तक पुर्याउन नसक्नु लज्जास्पद भएको बताए। उनले सरकारको गैरजिम्मेवारीपनले सबै जनतालाई आहत तुल्याएको भन्दै जनताको समस्या समाधान गर्ने गरेर जनतामा बढ्दो महँगीको राहतका प्याकेज उपलब्ध गराउने हिसावबाट रुलिङ गर्न सभामुख समक्ष आग्रह गरे।

सांसद ज्ञवालीले भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा समेत सरकारले जनतासँग लुट्न मूल्य नघटाइरहेको आरोप लगाए। उनले किसानले मलखाद नपाइरहेको भन्दै सरकार यत्तिका दिनसम्म पनि गैरजिम्मेवार भएर बस्न नमिल्ने बताए। उनले गठबन्धन सरकारले जनताका समस्या समाधान गर्न नसकेको भन्दै सरकार जनताबाट कर उठाउनको निम्ति मात्रै हो भन्दै प्रश्न गरे। सांसद ज्ञवालीले जनतालाई मलखाद र विद्यार्थीलाई पाठ्यपुस्तक हतियार किन्न पैसा पुग्छ तर मल किन्न पैसा पुग्दैन भन्दै प्रश्न गरे।

उनले भने, ‘मैले सार्वजनिक कार्यक्रममा बोलेको कुरा अमेरिकामा खाना खाइरहेको फोटो हालेर ट्रोल बनाउनु भएछ। त्यसो गरेर उहाँहरुको भान्सामा सस्तो हुन्छ भने मेरो शुभकामना छ। यी सारा समस्याको निम्ति गम्भीरतापूर्वक सोच्नुपर्ने बेलामा बहस त हामीले कहाँ चलाइरहेका छौँ।’

सांसद ज्ञवालीले अमेरिकामा खाना खाएको फोटो देखाएर आफ्नो ट्रोल बनाएको भन्दै जनताका समस्या समाधान गर्न सरकार उत्तरदायी नबनेको आरोप लगाए। 

Shivam cement

प्रकाशित: Jul 21, 2022| 15:11 बिहीबार, साउन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...