२०१५ को पहिलो संसद्देखि २०७४ मा चुनावपछि बनेको सातौं संसद्सम्म आइपुग्दा सांसदको तलबभत्ता निरन्तर बढ्दै आएको छ। यसैकारण आफ्नो तलब/भत्ता र सेवासुविधा बढाउने काम मात्र गरेको आरोप सांसदहरूले खेप्नुपरेको छ।
नुवाकोटको बेलकोटगढी नगरपालिका-७ महादेवफाँटमा गए राति मिनीट्रकको ठक्करबाट एक जनाको निधन भएको छ। गम्भीर घाइते भएका अर्का एक जनालाई उपचारका लागि काठमाडौं लागिएको छ।
मङ्गलबार हेटौँडामा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसँग भेट गरी उनले मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी गाउँपालिकामा बाढीपहिरोका कारण सयौँ घर समस्यामा परेको जानकारी गराउँदै उनीहरूको समस्या समाधान गर्न आग्रह गरे।
बुधबार दिउँसो देशका पहाडी भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ सहित भारी वर्षाको पनि संभावना रहेको छ।
‘यो बंगलादेशको महिला फुटबलमा नयाँ युगको सुरुआत पनि भएको छ। बेन्चका र सब्स्टिच्युट भएका खेलाडी पनि अन्तिम ह्विसेल पर्खिरहेका थिए। सबै खेलाडीले धेरै समयदेखि चाहेको नै यहि थियो। अनि पाँच-छ...
प्रधानमन्त्री देउवाले राष्ट्रिय बाल दिवस, २०७९ का अवसरमा देशभरका सम्पूर्ण बालबालिकामा बधाई तथा शुभकामना व्यक्त गर्दै उनीहरूको सुखद् र उज्ज्वल भविष्यको कामना गरेका छन्। राष्ट्रिय बाल दिवस, २०७९ ‘बालमैत्री समाजको...
फिलिपिन्समा सोमबार एक हजार ५७४ जनामा कोभिड-१९ सङ्क्रमण देखिएको छ । योसँगै दक्षिणपूर्वी एसियाली देशमा पुष्टि भएका घटनाहरूको सङ्ख्या ३९ लाख ९ हजार ७७२ पुगेको छ।
ड्रोन उडाएर नापजाँच कार्यक्रमका शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मोतीपुर औद्योगिक क्षेत्रको वास्तविक जग्गा छुट्टिने र औद्योगिक क्षेत्र निर्माणका लागि सहज हुने बताए।