सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसको चुनावी अभियान १० भदौदेखि २४ सम्म, टिकटमा देउवाको अनिवार्य हस्ताक्षर

कांग्रेसको चुनावी अभियान १० भदौदेखि २४ सम्म, टिकटमा देउवाको अनिवार्य हस्ताक्षर

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने कांग्रेसको निर्णय।
 |  शनिबार, साउन २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २८, २०७९

काठमाडौं– नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरेर भदौ १० देखि २४ सम्म चुनावी अभियान सञ्चालन गर्ने भएको छ।

National life

कांग्रेसले यसअघि भदौ २ देखि यस्तो अभियान सञ्चालन गर्ने भनेको थियो। तर शनिबार बसेको कार्यसम्पादन समितिको बैठकले सो अभियान १० भदौदेखि २४ सम्म गर्ने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले बताए। उनले भने, ‘चुनाव केन्द्रित अभियान १० भदौदेखि २४ सम्म सञ्चालन गर्ने निर्णय भएको छ।

अभियानको नाम के राख्ने भन्ने विषयमा छलफल हुँदै छ। स्थानीय तह चुनावमा घर घर जाऔं कांग्रेस जिताऔं नारा राखिएको थियो। अहिले के राख्ने भन्ने छलफलमै छौं।’

कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ। दल दर्ता गर्ने आधिकारिक निर्णयसहित आयोगमा पत्र बुझाउनुपर्ने भएकाले सो निर्णय गरिएको सह–महामन्त्री पाण्डेले बताए। आयोगमा दल दर्ता गर्ने र सोसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिने गर्ने निर्णय भएको छ।

पाण्डेका अनुसार निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई उम्मेदवार मनोनयनको औपचारिक पत्र दिन पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिने निर्णय गरेको छ। आयोगमा दल दर्ता गर्दा उम्मेदवार मनोनयनको औपचारिक पत्रमा कसको हस्ताक्षर हुने खुलाउनुपर्ने व्यवस्था छ।   

Shivam cement

यस्तै, सत्तारुढ गठबन्धनका बीचमा सिट बाँडफाँटमा यसअघि पदाधिकारी तथा पूर्वपदाधिकारीले गरेको निर्णयलाई अनुमोदन गरेको छ। पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले गठबन्धन गर्दा कम्तीमा १०० सिट कांग्रेसले पाउनुपर्ने निर्णय गरेको थियो।

प्रकाशित: Aug 13, 2022| 12:05 शनिबार, साउन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...