शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • घाइते सुरक्षाकर्मीको हेलिकप्टरमार्फत उद्धार गर्न गृहमन्त्रीको निर्देशन

घाइते सुरक्षाकर्मीको हेलिकप्टरमार्फत उद्धार गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकास्थित तक्सेरामा सुरक्षाकर्मी चढेको जीप दुर्घटना हुँदा नेपाल प्रहरीका रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीसहित गम्भीर घाइते भएका सुरक्षाकर्मीको हेलिकप्टरमार्फत उद्धार गर्न निर्देशन दिएका छन्।
 |  शनिबार, साउन २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २८, २०७९

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकास्थित तक्सेरामा सुरक्षाकर्मी चढेको जीप दुर्घटना हुँदा नेपाल प्रहरीका रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीसहित गम्भीर घाइते भएका सुरक्षाकर्मीको हेलिकप्टरमार्फत उद्धार गर्न निर्देशन दिएका छन्। 

National life

गृहमन्त्री खाणले घाइतेमध्ये गम्भीर अवस्थाका सुरक्षाकर्मीलार्ई उद्धार गरी अस्पताल पुर्‍याउनका लागि नेपाली सेनाको हेलिकप्टर पठाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। 

गृह मन्त्रालयको शान्तिसुरक्षा महाशाखाले जानकारी गराएपछि नेपाली सेनाको सुर्खेतमा रहेको हेलिकप्टर उद्धारका लागि घटनास्थलमा गएको जनाइएको छ। 

गृहमन्त्री खाणले घाइतेको यथाशक्य उपचारको व्यवस्था मिलाउन गृह प्रशासन र रुकुमपूर्व प्रशासनलाई निर्देशन दिएका छन्। 

जिल्लास्थित स्रोतसाधनले घाइतेलाई अस्पतालसम्म पुर्‍याउन नसकिने भए मन्त्रालयमा खबर गर्न पनि गृहमन्त्रीले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ। 

रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारका अनुसार लु१झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खस्दा डिएसपी डाँगीको टाउकोमा गहिरो चोट लागेको छ । प्रहरी जवान लक्ष्मण बुढा गम्भीर घाइले भएका छन्।

रुकुमपूर्वका सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठ सामान्य घाइले भएका छन्। जीपमा छ सुरक्षाकर्मी सवार भएको बताइएको छ।

प्रकाशित: Aug 13, 2022| 14:35 शनिबार, साउन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।